Meaning of Contract करारको अर्थ

Meaning of Contract करारको अर्थ:

१. साधारण अर्थमा


दुइ पक्षेहरु बीच भयको सम्झौता लाइ  करार सम्झिन सकिन्छ। तर उप्त सम्झौता मार्फत पक्षेहरुले कानुनी उपचार प्राप्त गर्न सक्ने हुनु पर्दछ।  अत: पक्षेहरुका बीच अधिकार र दाइत्व सृजना गर्न सक्ने सम्झौतालाई करार भानिन्छ।  कानुनी भाषामा भन्नुपर्दा कानुन द्वारा प्रवर्तनीय सम्झौता नै करार हो।

२. नेपालको करार ऐन २०५६

नेपालको करार ऐन २०५६ अनुसार "दुइ वा दुइ भन्दा बढी पक्षेहरु बिच कुनैपनि काम गर्न वा नगर्नक लागि भएको कानून बमोजिम कार्यन्वयन गर्नसकिने सम्झौता सम्झनु पर्छ।" 

एस परिभाषाले करारका केहि आवस्यक तत्वो लाइ समेट्न नसकेको, जस्तै:
  1. करारको उदेश्य र प्रतिफलको बैधता
  2. करारमा उल्लेखित काम पुरा गर्न सकिने वा नसकिने,
  3. स्वोतन्त्र सहमति,
  4. दुइ वा दुइ भन्दा बढी पक्षे भनियको भएतापनि पक्षेहरुको सक्षमताको बारेमा स्पस्ट नगरिएको,
आदि इत्यादी टिका टिप्पणी गर्नेगरिएता पनि यहानेरी बुझ्ने पर्ने कुरा के छ भने 'कानून बमोजिम कार्यन्वयन गर्नसकिने सम्झौता' भन्नुले करारका अनिबार्य तत्वोहरु सब्बै समेटिएको बुझ्न सकिन्छ, किनभने करार तब मात्र कानुन द्वारा प्रवर्तन गर्न सकिन्छ जब सम्पूर्ण करारका आवस्यक तत्वोहरु निहित भएका हुन्छन। अत: कुनै पनि सम्झौतामा करारका आवस्यक तत्वोको अभावमा त्यस्ता सम्झौता केवल सम्झौतामा सिमित हुन्छन नकि करार

३. शारास

निश्चित कानुनी उदेश्य र प्रतिफलकालागि दुइ वा दुइ भन्दा बढी सबल पक्षहरुकाबीच स्वोतन्त्र सहमति द्वारा मानिसले गर्न सक्ने काम गर्न वा नगर्न गरिएको सम्झौता जुन कानुन द्वारा प्रबर्तनीय हुन्छ लाइ करार सम्झनु पर्दछ।  
करारको प्रकृति अनुसार लिखित, मौखिक वा आचरण बाट पर्दर्सित पनि हुन सक्दछ।

बैध करारको बारेमा बुझ्न चाहनुहुन्छ!!!

Comments